माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 01:05:28 PM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको शंकर इन्टरनेसनल प्रा.लि.ले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ ।

नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका  दुइ वोटा भेरिएन्ट उपलब्ध छन्। ६.६७इन्च डिस्प्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको कम्पनीले जनाएको छ  ।

कम्पनीका अनुसार इन नोट–१को दुइ वोटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ। ४ जीबी र्याम , ६४ जीबी रोम भएको इन नोटको बजार मुल्य १९,९९० रहेको र ४ जीबी र्याम १२८ जीबीरोम भएको इन नोट–१ को बजार मुल्य २१,४९० रहेको कम्पनीले जनाएको छ।

कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडैनै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने बिश्वास ब्यक्त गरेका छन्। भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाडैनै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको बिस्तार गर्ने पनि बताएको छ। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved