नेपालमै पहिलो पटक १० हजार लिटरको एसएस ट्याङ्की संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 09:19:31 PM मा प्रकाशित

laxmi sunrise bank

पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । आज एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे। 

कम्पनीकाअनुसार उद्योगले आज बाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एस. एस. ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको जनाएको छ । 

कम्पनीका अनुसार नेपाल मै पहिलो पटक १०,००० लिटरको एस. एस. ट्याङ्की यस उद्योगबाट उत्पादन हुनेछ र यस उद्योगले २५० देखि १०,००० लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८०,००० वटा ३०४ तथा ३१६ ग्रेडका एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । 

हाल काठमाडौं स्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्रि गर्ने उद्देश्य राखेको समूहका उप–महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए। 

आजको कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ सालदेखि एस. एस. ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved