मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 03:11:14 PM मा प्रकाशित

laxmi sunrise bank

मेराकी, होलिस्टिक वेलनेस रिट्रट र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिटको प्रि लन्च गरिएको छ । यहाँ प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने छन् ।

२० मार्च, २०२१ का दिन मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्राँगणमा प्रि–लन्च कार्यक्रम आयोजना भएको हो । शिवपुरी डाँडा र बुढानिलकण्ठको वातावरणमा अवस्थित मेराकीले जीवनशैलीमा परिवर्तन ल्याउने दाबी गरिएको छ । 

मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्रि–लन्चमा दुईवटा वर्कशपहरु हुँदैछन् ।

‘तपाईंले आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाउनुहुनेछ । साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्नुहुनेछ । यहाँ तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सक्नुहुनेछ ’ प्रेस विज्ञप्तिमा भनिएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved