डिसहोमका ग्राहकलाई नयाँ अफर, हरेक हप्ता २ जोडीलाई बैंकक घुम्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 07:41:19 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। 

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ–वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् । 

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६, २०७७ मा पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भएको र पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरु क्यास आईडि ०२५५८१३३९६० र ०२५१९२५०८८५ रहेको कम्पनीले जनाएको छ

डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२, २०७८ बिहीबार, माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved