नेचर सुपर मार्केटको नयाँ वर्षको अफर, चामल र तेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 06:37:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेचर सुपर मार्केट प्रालि.ले नयाँ वर्षको अवसरमा ‘बिगेष्ट सेभिङ अफर’ ल्याएको छ । उक्त अफरमा निलकमल ब्राण्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ ।

निलकमल सोयाविनमा प्रति एक लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रति एक लिटर २३ रुपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । २३८ रुपैयाँ मूल्य पर्ने निलकम सोयाविनलाई २०५ रुपैयाँमा र २४८ मूल्य पर्ने निलकमल सनफ्लावर तेललाई २२५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । 

त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक केजीको २५६ रुपैयाँ पर्नेमा अफर मूल्य १७५ मात्रै कायम गरिएको छ । एक किलोमा ग्राहकले ८१ रुपैयाँ बचत गर्ने सक्नेछन् । ५ केजीको मूल्य १२०० पर्नेमा अफर मूल्य ८७५ कायम गरिएको छ । ५ केजी चामल खरिद गर्दा ग्राहकले ३२५ रुपैयाँ बचत गर्न सक्नेछन् । २० केजीको मूल्य ४८०० रुपैयाँ रहेकोमा अफर मूल्य ३२०० कायम गरिएको छ । २० केजी चामल खरिद गर्दा ग्राहकले १६०० रुपैयाँ बचत गर्न सक्नेछन् ।

ग्यालेक्सी प्रिमियम बासमती २० केजीको मूल्य ३३६० रुपैयाँ रहेकोमा अफर मूल्य २६५० कायम गरिएको छ । यो चामलमा ग्राहकले ७१० रुपैयाँ बचत गर्न सक्नेछन् ।

यस मार्केटसँग जोडिएका उपभोक्ताको चुल्होलाई सस्तो बनाउने उद्देश्यले विशेष छुटसहितको अफर ल्याइएको धामीले बताए । ‘बजारमा महंगी बढिरहेको छ त्यसलाई कम गर्दै ग्राहक र नेचर सुपर मार्केटबीचको पारिवारिक सम्बन्ध अझ प्रगाढ बढाउन यो अफर फलदायी हुनेमा हामी विश्वस्त छौं ।’ धामीले भने ।

यस मार्केटको मैतीदेवी र नरेफाँटमा रहेका दुवै शाखाबाट यो विशेष अफर प्रदान गरिएको छ । होम डेलिभरीका लागि अर्डर गर्ने ग्राहकले पनि यो छुटको सुविधा लिन सक्नेछन् ।

वैशाख १ गतेबाट लागू हुने यो अफर जेठ १ गतेसम्म जारी हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved