ओपोद्वारा नेपालमा ए५४ सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 05:41:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपालमा नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । 

ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्न सकिनेछ भने यसमा रहेको ओक्टा(कोर प्रोशेसरले अझ धेरै कार्य सम्पादन तथा पर्याप्त मनोरञ्जन लिन  सकिनेछ ।

 ६.५१-ईञ्च पञ्च-होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८ जीबी रोमको ब्यवस्था गरिएको छ । 

“ए सिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्वीकार्न सकुन् भन्ने सोचका साथ गरिएको हो । नयाँ पुस्ता, प्रविधिले तिनलाई सक्रिय सामाजिक जीवनशैली जीउन सघाओस् भन्ने चाहान्छन् । यसमा रहेको ५००० एमएएच क्षमताको ब्याट्री र १८वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ । स्मार्टफोनले चाहेको जस्तो परफर्मेन्स नदिँदा हुने तनावको समाधानका रुपमा ओपो ए५४मा पर्याप्त सञ्चय क्षमता र मेमोरी पनि दिएका छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

आजबाट ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध  छन् । यसकोे मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved