नेपालकै पहिलो मल्टि ब्राण्डेड जुत्ता सोरुम संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 03:21:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनिहरुले सामुहिक सोरुम संचालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित कम्प्लेक्सको भुई तल्लामा सोरुम रहेकोछ ।

 एकै छानामूनि विभिन्न ब्राण्डका नयाँ नयाँ  मोडेल तथा डिजाइनका जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध हुने KTM सुजका संचालक  प्रमोद कुमार महत्तोले बताए । उनले भने ‘स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामुनि (Save Time Save Money) भन्ने नारा लिई सुरु गरेका हाैँ ।’ 

उक्त  सोरुममा KTM Shoe भेनस सुज, बोस सुज, बेम्बो सुज तथा हिमानी लेडिज सुज का उत्कृष्ट उत्पादनहरु रहेका छन् । उक्त सोरुममा कम्पनीहरुको आ–आफ्नै Factory Outlet रहेको छ । यहाँ बाट खरिद गरिने जुत्ता तथा चप्पलमा कम्पनीले वारेण्टी पनि दिनेछ । 



  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved