सामोमीले ल्यायो स्मार्टफोन कनेक्ट गर्न मिल्ने एमआइ वाच लाइट, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2021 | 02:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ग्याजेट निर्माता साओमीले एमआइ वाच लाइट ल्याएको छ । स्मार्टफोनलाई घडीमा कनेक्ट गरेर भलाउन मिल्ने गरी साओमीले एमआइ वाच लाइट ल्याएको हो ।

एक पटको चार्जमा ९ दिनसम्म ब्याट्री टिक्ने र जीपीएसयुक्त भएकाले यो स्मार्टवाचले मुटुको ढुकढुकी पनि मनिटरिङ गर्ने दाबी गरिएको छ । कलर डिस्प्ले रहेको यो स्मार्ट वाचमा ११ वटा वर्कआउट मोड छन्ज । ३५ ग्राम तौलको यो घडी १.४ इन्च टीएफटी एलसीडी र पाँच प्रकारका डिफल्ट वाच फेस छन् ।

स्क्रिन अटो ब्राइटनेस स्क्रीन रहेको यसमा म्यासेज नोटोफिकेसन, स्लिप डिटेक्सन मोड छन् । पानी नपस्ने, ब्लुटुथबाट मोबाइलसँग कनेक्ट गर्न सकिने जस्ता फिचर भएको कम्पनीको दाबी छ । 

२३० एमएएच ब्याट्री भएको यो स्मार्टवाच ब्ल्याक, नेभी ब्लु र आइभरी गरी तीन कलरमा उपलब्ध छ । यो स्मार्ट वाचको मूल्य नेपाली बजारमा ७ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved