नेपालमा ओपोको एफ १९ को विक्रि सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 01:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपालमा एफ १९ को विक्रि सुरु गरेको छ । ६ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमता भएको उक्त स्माटफोन सार्वजनिक गरेको हो ।

यसको  डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ” पुस्तालाई ध्यानमा राखिएको छ ।एफसिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पुर्तिका साथै जीवनमा सहजताप्रदान गर्ने प्रविधि सहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरुका लागि गरिएको ओपोले जनाएको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘दिनभर फोनको प्रयोग, बिना कुनै रुकावट गर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३ वाट ल्याशचार्ज सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।’ उनले भने ‘उपभोक्ताका  आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी+ पञ्च (होल डिस्प्ले, त्यो पनि पातलो बडी डिजाइनका साथमा दिइएको छ ।’ 

ओपो एफ १९ ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिने र विशेष गरी आफ्नो क्यारियरको सुरुवाती अवस्थामा रहेका यूवावर्ग माझ यो फोन निकै लोकप्रिय हुने कम्पनीले जनाएको छ ।

 ओपो एफ १९ प्रिजमब्ल्याक र मिडनाइट ब्ल्यू गरी दुई आकर्षक रंगमा नेपाली  बजारमा खरिद गर्न सकिने छ । यसको मूल्य रु. ३४ हजार ५ सय ९० निर्धारण गरिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved