कोरोनाको खोप लगाएकालाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 02:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि हिल्सले कोरोनाको खोप लगाएकालाई  चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर कम्पनीले खोप लगाइसकेका आगन्तुकहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने जनाएको हो ।

उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले भनेको छ 'कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने हामीले विश्वास लिएका छौँ ।' 

कम्पनीका अनुसार यो योजना २०७८ साल वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ सम्मको लागि मान्य हुनेछ । कम्पनीले ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा   भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved