रियलमीले फाएफ जीकाे विकास गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 05:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वमा ट्रेन्डसेटिङ मोबाइलफोनको रुपमा देखिएको रियलमीले 5G विकास गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा 5G लाई लोकप्रिय बनाउन कम्पनीले प्रयास गरिरहेको बताए । 

सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा  5G अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए । उनका अनुसार रियलमीले आफ्नो 5G प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्ष छन् उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्ग माझ पु¥याइसक्ने लक्ष्यलिएको छ । पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखी त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका 5G उत्पादनको बजार व्यवस्थापन गर्ने योजना भएको जनाएको छ । उनले धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्चगतिका साथ गुणस्तरीय अनुभूति युक्त 5G प्रविधिको सेवाप्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको बताए । 

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा 5G समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशतखोज तथा अनुसन्धानको स्रोतसाधन सहित थप ३ करोड अमेरिकी डलर 5G प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।  

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराकासाथ छन् नेटवर्कको विस्तार भइरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved