२५ रुपैयाँ पर्ने कोक, स्प्राइट र फ्यान्टा बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 04:23:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 कोकाकोलाले १७५ मिलिलिटर ग्लासको बोतल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको र बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी(रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो ।  यी  बोतलहरु रियुजेबल बोतलहरु भएको र यिनीहरुले वातावरण मैत्री रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला,स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved