एलजीको नयाँ एसी बजारमा, १० वर्ष वारेन्टी, निशुल्क जडान

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 22, 2021 | 04:54:39 PM मा प्रकाशित

sarbottam cement

एल.जी. को आधिकारीक विक्रेता सि.जी. इम्पेक्स प्रा.ली. ले  एन्टी भाईरस फिल्टर भएको एल.जी. को ए.सी. नेपाली बजारमा ल्याएको छ । यस एन्टी भाईरस फिल्टरले भित्री वातावरण को किटाणुहरुलाई नष्ट गर्ने र ताजा वातावरण बनाउने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार ए.सी. मा फोर इन्न वान कन्र्भटेबल मोड रहेको छ, जसले ए.सी. लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरि पैसा पनि बचत गर्दछ । 

कम्पनीले भनेको छ 'यस ए.सि.मा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७०% सम्म विजुली खपत पनि गर्दछ ।'

यस एल.जी.को ए.सी.मा रहेको ब्ल्याक फिन टेक्नोलोजिले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ, जसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समय सम्म चल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एल.जी.को ए.सी.ले ४०% चाडो चिसो वा तातो बनाउँदछ साथै वातावरण मैत्रि आर३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेण्टी पनि रहेको छ । 

अहिले नयाँ वर्षको अफरमा एल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निशुल्क ए.सी.जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved