आकर्षक डिजाइन र फिचर सहित नेपाली बजारमा मोटोरोलाको पुनरागमन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 11:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटोरोलाले नेपाली बजारमा आफ्नो पुनरागमन गरेको छ। विश्वभर लोकप्रिय बनेको प्रस्कृत रुपको मोटो इ सेभेन पावरलाई भित्रयाउदै मोटोरोलाले नेपाली बजारमा पुनरागमन गरेको हो। 

५००० एमएएचको ब्याट्री, २ जिबी र्याम,ं ३२ जिबी स्टोरेज, १३ एम पी ड्यूल क्यामेरा र अन्य धेरै विशेषताका साथ १२, ९९९ रुपैयाँमा मोटोरोलाले परिस्कृत मोटो इ सेभेन पावरलाई  नेपालमा पुनरागमन गरेकाहो। 

विश्वभरि नै १० करोडवटा विक्री भएको मोटो इ सेभेन पावर विक्रीवितरण भएका अत्यन्त लोकप्रिय उत्पादनहरू रहेको कम्पनीको दाबि छ। यो मोबाइल २ जिबी र्रयाम र ३२ जीबी स्टोरेजमा उपलब्ध छ।  

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक (कलमोबिलिटी प्रा.लि. को साथमा भएको छ, जसको एउटा रोचकर साझा इतिहास छ। सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। 

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ सेभेन पावर अतिलोकप्रिय उत्पादन हो, जसमा सन् २०१९ सम्ममा जि वर्गको विक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ।  झण्डै १०० वर्ष अघिको नवीनताको अग्रणी इतिहास भएको, मोटोरोलाले मोबाइल सञ्चार उद्योगको सिर्जना गरेको होे। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved