लाटो कोशेरोले २४ सै घण्टा खाना र पेय पदार्थ डेलिभर गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 05:55:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा २४ सै घण्टा सेवा दिने गरि लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुर्याउने उद्देश्य स्वरुप लाटो कोशेरो फुड सञ्चालनमा आएको हो । 

 कम्पनीले उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिने जनाएको छ । रातको समयमा कोही भोकै बस्न नपरोस् भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिेने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार लाटोकोशेरो डटकम( www.laatokoshero.com) मा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर हुन्छ ।  

कोभिड तथा लकडाउनको यस समयमा लाटोकोसेरोले उपत्यकाका जनसुकै ठाउँमा डेलिभरीका साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकिस्सक, नर्स, हेल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० प्रतिशत छुट दिने ब्यवस्था रहेको प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved