कोरोना नियन्त्रण तथा रोकथामको लागि कोकाकोलाले २ करोड ४० लाख सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 04:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारलाई कोका-कोलाले कोभिड-१९ संकटको सामना गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जसअनुसार नेपाललाई  कोका–कोलाले रु २ करोड ४० लाख दिने प्रतिबद्धता व्यक्त गरेको हो ।

कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्ने जनाएको छ  । 

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका-कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने बताईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved