विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 03:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समाव भएको छ । वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेशन (डब्ल्यूआईपीओ) का अनुसार ओपो यसपटक पनि लगातार दोस्रो बर्ष अर्थात् सन् २०१९ र २०२० का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटीमा पर्न सफल भएको हो ।

 सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्लि २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ । ती मध्य ८९% प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार यूटिलिटी प्याटेन्ट्स रहेका छन् । यीनले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनीधित्व गर्छ ।

‘ विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत्त आईपी पोर्टफोलियोका साथ विकासको दु्रत गतिमा रहेको प्राविधिक कम्पनीका रुपमा  ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ’, ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने,‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताहरुका लागि हाम्रा उत्कृष्ट नवप्रबर्तनहरु निरन्तररुपमा पस्किरहने छौँ ।’

 विगतका बर्षहरुमा ओपोले भर्चुओस ईन्नोभेशनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रुपमा स्थापित गरिसकेको छ । कम्पनीले फाइभजी, फ्ल्याश चार्ज, एआई तथा ईमेज लगायत क्षेत्रमा औद्योगिक रुपमा अग्रणी विशेषज्ञतापनि हासिल गरिसकेको छ ।

 

 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved