ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख भन्दा बढी डाउनलोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 06:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank
 ग्यापु मार्केप्लेसको मोबाइल एप  एक लाख भन्दा बढी डाउनलोड गरेका छन् । याे एप लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको थियाे ।  

'लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन' ग्यापुका सँस्थापक/सिइओ ज्ञानेन्द्र खड्का भन्छन् 'सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं।'

खड्का भन्छन् 'आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताको अथाह माया पायौं जसका कारण प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको एप एक लाख डाउनलोड पुगेको छ। दैनिक ७ सय भन्दा बढी नेपाल भर नि:शुल्क डेलिभरी गर्दै आएको ग्यापुले चमत्कारिक रुपमा १ बर्ष कै अबधिमा अत्यधिक रुचाइएको नेपालीको आफ्नै इकमर्श प्लेटफर्म बन्न सफल भएको छ।'

ग्यापुको सफलताको श्रेय  ग्राहक, भेन्डर र दिन रात नभनि कोभिड कहरको समयमा पनि  निरन्तर खट्ने कर्मचारी र होस्टेमा हैंसे गर्ने सञ्चारकर्मीलाई जाने खड्का बताउँछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved