शाओमीद्वारा नेपालमा रेडमी १० नोट प्रोको लन्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 02:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १० प्रोको लन्च गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन™ ७३२ जी, ईभोल डिजाइनमा उपलब्ध गराएको हो । 

जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको शाओमीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएकाे बताए । “हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएका छौ ।” उनले भने ।

रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दै रहेका र यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्वालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ । यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने विश्वास लिएको उनले बताए । 

रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुने बताईएको छ । योे अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा यहि वैशाख ३१ देखि नेपाली रु.३३,९९९ को मूल्यमा उपलब्ध हुने शाओमीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved