टिभिएस एनटर्क १२५ स्कुटरको अन्तर्राष्ट्रिय बजारमा १ लाख विक्रीकाे लक्ष्य पार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 03:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस मोटर कम्पनीको टिभिएस एनटर्क १२५ स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको  विक्रीकाे लक्ष्य पार गरेको छ । सन २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको र त्यहाँदेखि यसले आºनो स्थान सुनिश्चित राख्दै  विक्री लक्ष्य पार गरेको हो ।

धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । आज टिभियस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा अवस्थित रहेको कम्पनीले जनाएको छ ।

कार्यव्रmममा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिव्रmीको लक्ष्य हासिल गरेकोमा अत्यन्तै खुसी लागेको बताए । “यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरु बीच मनपर्दो बनेको थियो । स्कुटरको स्ट्राइकिंग उपस्थिति, जडित टेक्नोलोजी र उच्चप्रदर्शन भएको टिभियस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता हो । यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।” उनले भने । 

टिभिएसएनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ र यो रेस ट्युन्ड ºयुलइन्जेक्शन (आरटी–एफआई) को साथ सुसज्जित पहिलो स्कुटर भएको कम्पनीले जनाएको छ । यस स्कुटरले एक्स्क्ल्युसिभ टिभियस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्ने बताईएको छ । टिभिएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको कम्पनीको भनाई छ ।

नेपालमा टिभिएस एनटर्क १२५ को पहिलो पटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो । यो स्कुटर विशेष गरि युवाहरुका लागि डिजाइन गरिएको र स्कुटर टिभिएस रेसिंग पेडेग्रीमा आधारित छ र स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी ३ भल्भइन्जिनका साथ उपलब्ध छ । यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टिभियस स्मार्ट कनेक्टको पनि लन्च ग¥यो जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको जनाईएको छ ।

शहिल अग्रवाल, एमडी जगदम्बा मोटर्सले टिभियस एनटर्क १२५ रेस एडिसनको लन्चमा भने, “यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको छ र म ढुक्क छुकि रेस एडिसनले धेरै भन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नेछ ।”

नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारमा उपलब्ध छ– रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन ।

रेगुलर एनटर्क १२५ को मूल्य नेपाली रु २,१८,९०० (ड्रम) र नेपाली रु २,४५,९००(डिस्क), एनटर्क १२५ रेस एडिसनको मूल्य नेपाली रु २,६१,९०० र एफआईलाई नेपाली रु २,७७,९०० अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य नेपाली रु २,६६,९०० रहेको कम्पनीले जनाएको छ ।

टिभियस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क,ड्रम र रेस एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु को रंगहरुमा उपलब्ध छ । रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved