आफ्नो नयाँ साइबरियल एआर एप्लिकेशन मार्फत भर्चुअल विश्व निमार्ण प्रक्रियालाई गति दिँदै ओपो

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 10, 2021 | 02:51:12 PM मा प्रकाशित

predect in win

ओपोले रियल(टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै ईन(हाउस एआई ईन्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको हो ।

ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजता पनि प्रदान गर्ने जनाएको छ । ओपोले आफ्नो फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ ।

डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि व्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ । तर, ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा वृृहत सहजता भित्रिएको बताएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रकृतिको निर्माण गर्न सक्षम भएको ओपोले जनाएको छ । 

निरन्तर(विकसित एआई ईन्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले वृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमुना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ । यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्विर प्रोशेस गर्ने क्षमता राख्छ । यो पछिल्लो संस्करणसंग तुलनागर्दा ४ गुणा तिब्र गति हो । यसरी स्क्यान गरिएका ईन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथा तत्सम थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ । ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यता अनुसार एआर विषय बस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्ने बताईएको छ ।

ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेशन विथ अब्जर्भेशन कन्स्ट्रेन्ट्स) भिज्यूअल पोजिशनिङ अल्गोरिथमले भित्री स्थितीको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको बताएको छ । यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्ट¥याक्शनको एक समुहले गरेको हो । यसको शैक्षिक प्रयोग पनि ब्यापकरुपमा गरिन थालिएको छ । सन् २०२० को यूरोपियन कन्फरेन्स अन कम्प्यूटर भिजन (ईसीसीभी) र कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर २०२०)मा उक्त समूहले लंग(टर्म लोकलाइजेशन श्रेणीमा दोस्रो स्थानको दूई एवार्ड हात पारेको थियो ।

प्रयोगकर्तालाई वास्तविक ईमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले ६ डीओएफ एस्टिमेशनको प्रयोग गरेको बताएको छ । यसले गर्दा प्रयोगकर्तालाई कुनैपनि एंगल वा पोजिशनको भ्यू(दृष्टि) प्राप्त हुन्छ । प्रयोगकर्ताले लक्षित वस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स(आई भ्यूका लागि निहुरिन तथा तलबाट माथीको दृष्यका लागि ठचक्क बस्नपनि सक्नेछन् ।

समग्रमा भन्नुपर्दा परिस्कृत ओपो साइबरियलले एआर सेवा र प्रयोगका अवस्थामा तैनातीमा तिब्रता ल्याउन सघाएको बताईएको छ । यसले एआर सामग्री विकासमा सहजता प्रदान गर्नुका साथै प्रयोगकर्ता मैत्री वातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंश बनाउन सघाएको ओपोले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved