स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुराहरु ध्यान दिन नबिर्सिनुस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 01:25:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आधुनिक युगको स्मार्ट जमानासँगै स्मार्ट फोन प्रयोगकर्ता पनि व्यापक रुपमा बढेका छन् । स्मार्ट फोन प्रयोग नगर्नेहरु सायद विरलै पाइएलान् । बजारमा अहिले धेरै मात्रामा स्मार्ट फोनहरु पाइन्छन् । जसले गर्दा फोन किन्दा ठ्याक्कै यो किन्छु भनेर यकिन गर्न गाह्रै परिरहेको हुन्छ । 

बजारमा सस्ता देखि महङ्गाे मूल्य सम्मका थरीथरी फिचर्स तथा लुक्स भएका स्मार्ट फोन पाइन्छन् । प्रायजसो फोन किन्दा सुरुमा हामीले हेर्ने भनेको फिचर्ससँगै बजेट नै हो । आफूले यति  मूल्यसम्म को फोन किन्छु भनेर यकिन गरेर मात्र फोनबारे बुझ्न थाल्दा राम्रो हुन्छ । एकपटक खर्च गरेपछि राम्रै फाेनमा खर्च गरौँन त भन्ने खालको सोच प्राय सबैमा हुने गर्छ ।

स्मार्टफोन कतिपयका लागि त अत्यावश्यक छ भने कतिपयका लागि फेसबुक, टिकटक, युट्युव लगायतका सामाजिक सञ्जाल प्रयोगकै लागि मात्र आवश्यक हुन्छ । यसरी स्मार्ट फोन किन्दा आफ्नो आवश्यकताअनुसार का फिचर्स भएका फोन छनोट गर्नुपर्छ जसले प्रयोगकर्ताको चाहना अनुरुपको प्रतिफल दिन सक्छ । 

आफ्नो आवश्यकता अनुसारको, बजेट अनुसारको फोनको बारेमा थाहा नहुँदा ठगीमा समेत पर्ने गरेको पाइन्छ । त्यसैले सुरुमा आफ्नो चाहना र बजेटअनुसार का स्मार्ट फोनहरु अनलाइन माध्यममा खोज्ने, यसरी खोज्दा २–४ वटा फोन त मन पर्छ नै त्यसपछि मन परेका फोनबारे पसलमा गएर थप बुझ्न सकिन्छ ।

 यी पक्षमा ध्यान दिन आवश्यक 

स्मार्टफोन किन्दा हतार गर्नु हुँदैन । आफ्नो चाहनाअनुसार को स्मार्टफोनबारे सुरुमा नै अनुसन्धान गर्नुपर्छ । 

डिस्प्ले :

स्मार्टफोनको स्किृन डिस्प्ले बारे ध्यान पुर्याउँनुपर्छ । यदि तपाईले लामो समय फोन प्रयोग गर्नुहुन्छ भने डिस्प्ले आकारमा पनि ध्यान दिनुपर्छ । यसमा लागि प्रायजसो ५.८ देखि ६.४ इन्च सम्मका फोन उपयुक्त हुन्छ । घाममा चलाउँदा पनि त्यसको ब्राइटनेसबारे ध्यान दिनुपर्छ । घाममा चलाउँदा लाइट कम भएर स्क्रिन नदेखिने समस्या हुन सक्छ । 

र्याम :

फोनमा अनियमित पहूँच मेमारी ‘र्याम’ कस्तो छ भन्ने बारे पनि ध्यान दिनु आवश्यक हुन्छ । बढी र्याम भएका फोनमा डाडा स्पिड चल्ने तथा मोबाइलको गति पनि छिटो गतिमा चल्ने हुन्छ । 

रोम :

हरेक मानिसको रोजाई फरक फरक हुने गर्दछ । गीतसंगीत बढी सुन्ने, भिडियोहरु सेभ गरेर हेर्ने, बढी गेम खेल्ने, विभिन्न डकुमेन्ट राख्ने तथा विभिन्न एप्सहरु राख्ने स्वभाव भएकाहरुले फोनको रोम तथा स्टोरेज बढी भएको हेर्नुपर्छ । विशेषगरी ३२ जिबी भन्दा माथि ६४ जिबी तथा १२८ जिबी स्टोरेज भएका फोन किन्नु उपयुक्त मानिन्छ । स्टोर कम गर्ने मानिसहरुले भने कम रोम भएका फोन पनि लिन सक्छन् ।

ब्याट्री :

प्रयोगकर्ता सबैमा फोनको ब्याट्री धेरै समय टिकोस भन्ने चाहना हुन्छ । यसो त ब्याट्री टिक्ने कुरामा तपाईले कत्तिको धेरै भार दिनुहुन्छ भन्ने कुराले पनि निर्धारण गर्छ । युट्युव धेरै हेर्ने, धेरै गेम खेल्ने बानी छ भने बढी क्षमता भएको तथा धेरै पावरको ब्याट्री भएको र छिट्टो चार्ज हुने फोन किन्दा राम्रो हुन्छ । खराब नेटवर्कका कारण र चार्जमा राखेरै फोन चलाउँने गर्नाले पनि ब्याट्रीमा समस्या आउँने गर्छ ।

क्यामेरा :

फोटोग्राफीमा साेखिन भएका प्रयोगकर्ताले क्यामेराका फिचर्समा पनि ध्यान दिनुपर्छ । प्राय सबैको चाहना यो हुन्छ कि, फेसबुक, टिकटक तथा इन्ट्राग्राममा आकर्षक फोटो हालेर आकर्षित बनाउँन सकियोस् । अल्ट्रा वाइड सेल्फी क्यामेरा भएका फोनहरुले ग्रुप सेल्फी खिच्न सहज बनाइदिन्छ । दिन तथा रातमा फोटो खिच्न रुचाउँनेका लागि सोही अनुरुपका क्यामेरा भएका फोनहरु पाउन सकिन्छ । क्यामेराको मेगापिक्सेल, एपर्चर, लेन्स, जुमइन,जुमआउट जस्ता पक्षमा ध्यान दिनुपर्छ । कतिपयमा सेल्फी क्यामेरा राम्रो भएकामा ब्याक क्यामेरा त्यति राम्रो नहुने र ब्याक राम्रो भए सेल्फीतर्फ राम्रो नहुने पनि हुन सक्छ । यसमा भने आफ्नो इच्छाअनुसार छनोट गर्न सकिन्छ ।

स्मार्टफोन खरिद गर्दा बजारमा नयाँ फोन आउँदै छ कि भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । आफुले खरिद गर्न लागेको भन्दा केही समयमै नयाँ ब्राण्ड आउँदै पनि हुनसक्छ । जसमा नयाँ फिचर्स तथा गुणास्तरमा उत्कृष्टता पनि हुन सक्छ । अर्को तर्फ नयाँ फोन लन्च हुने वित्तिकै पुराना तथा पहिलेनै बजारमा आएका फोनको मूल्य घट्ने सम्भावना बढी हुन्छ । स्मार्ट फोनमा एन्ड्राेइड भर्सन कतिकाे छ हेर्नुपर्छ । सकेसम्म नयाँ भर्सनकाे किन्नुपर्छ ।  स्मार्ट फोनका सबै पक्षमा ध्यान दिएर नयाँ स्मार्ट फोन खरिद गर्दा ढुक्कसँग चलाउँन सकिन्छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved