शाओमी नेपालद्धारा अल न्यू फ्ल्यागशिप मी ११ सिरिजको लन्च, यस्तो छ मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 03:51:56 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी नेपाल,ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर–मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज लन्च गरेको छ । मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँने र यसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले,डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन् ।

अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिश डिजाइनमा प्याक गर्दछ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मीमा उत्कृष्ट पर्फमेन्श र स्टनिंग डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित भएको बताए । “जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन् । हाम्रो फ्ल्यागशिपको मी ११ सिरिज– मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्देश्य भनेको नेपालमा इन्डस्ट्रि–फस्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरु भित्राउने हो ।” म्यानेजर कोठारीले भने ।

यो उपकरणमा एलपीडीडीआर ५ को र्याम र स्विफ्ट एक्सपेरियन्स अनि मल्टीटास्किंगको लागि हाई इफिसियन्सी प्रदान गर्न लेटेस्ट युएफएस ३.१ को फ्ल्यास मेमोरी इन्स्टल्ड रहेको बताइएको छ । यसले हिट डेसिपेसनको लागि एड्भास्ड लिक्विडकुल टेक्नोलोजीको पनि प्रयोग गर्दछ जसले सँधै स्थिर प्रदर्शनको सुनिश्चित गर्दछ ।

मी ११ एक्स प्रो १२० हट्र्जको एफएचडी+ ई४ एमोलेड डिस्प्लेको साथ आउँदछ जसले न्यूनतम अवरोधहरुको साथ उच्चतम स्तरको स्पष्टता प्रदान गर्ने शाओमीले बताएको छ । यसमा ४५२० एमएएच ब्याट्री आउँछ जसले स्मार्टफोनलाई पूरा दिनको लागि ब्याट्री ब्याकअप प्रदान गर्ने शाओमीले जनाएको छ ।

मी ११ एक्स प्रो तीव वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ जसमा कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर रहेका छन् । म्याजिक सेलेस्टियल सिल्भर रंगको भेरियन्ट विभिन्न काणबाट हेर्दा फरक रंगको देखिन्छ ।

मी ११ लाइट पनि तीन वटै रंगको भेरियन्टमा उपलब्ध हुनेछ जसमा बोबा ब्ल्याक, बबलगम ब्लु र पिच पिंक रहेका छन् । मी ११ एक्स प्रो र मी ११ लाइट अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा ११ जुन २०२१ र १३ जुन २०२१ देखि उपलब्ध हुने शाओमीले जनाएको छ ।

शाओमी नेपालले ३० जुन २०२१ भन्दा अघि मी ११ एक्स प्रो खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्ने बताएको छ । मी ११ एक्स प्रो ८ जीबी+ १२८ जीबीको मूल्य नेपालमा रु ६४,९९९ र ८ जीबी+ २५६ जीबीको चाँही रु. ६७,९९९ रहेको छ । त्यस्तै, मी ११ लाइटको ६ जीबी+१२८ जीबीको  नेपालमा रु. ३४,९९९ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved