रियलमीको नयाँ फोन सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 12:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लागशिप किलर सार्वजनिक गरेको छ । रियलमीले जीटी सिरिज पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्ने फोन सार्वजनिक गरेको हो ।

फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन गरि तीनवटा विशेषताहरु प्रदान गर्दछ ।

उद्घाटन समारोहमा बोल्दै कम्पनीका सीईओ स्काई लीले भने, ‘विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको शुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्लागशिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको हो ।’ उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच पु¥याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको र त्यही प्रतिवद्धता अनुसार आफुहरु अघि बढिरहेको उनले बताए । 

त्यस्तै, रियलमीका बजार प्रबन्धक अलेसियो ब्राडेले रियलमी जीटी बजारमा ल्याउन पाउँदा गर्वान्वित महशुस गरिरहेको भन्दै जीटी कार जस्तै मोबाइलको डिजाइन पनि उच्च प्रदर्शन गर्ने गरी निर्माण गरिएको बताए । ‘फ्लागशिप फोनमा रुचि राख्ने सबैलाई फरक र उत्कृष्ट अनुभूति प्रदान गर्छ । यसले प्रयोगकर्तालाई अझ बढी आकर्षण गर्ने विश्वास गरेको छौँ ।’ उनले भने ।

रियलमी जीटीमा ६.४३ इन्च १२० हर्ट्जको सामसुङ्ग  सुपर एमोलेड डिस्प्ले  रहेको छ जसले हार्डकोर गेमरहरूलाइ पनि सम्पादनमा उच्च प्रतिक्रिया प्रदान गर्ने कम्पनीको भनाई छ । यसमा प्रमुख ५जी ब्यान्ड बाहेक, रियलमि जीटीले प्रचलित उद्योगको द्रुत वाइफाइ र नवीनतम ब्लुटुथ टेक्नोलोजी समर्थन गर्दछ । स्मार्टफोनमा डल्बी एटमस डुअल स्टीरियो स्पिकर, हाई–रेज अडियो, र ३.६ एमएम अडियो ज्याक रहेको छ जसले  कम विलम्बता र कम हस्तक्षेप हुने गरि चार्ज गर्छ । 

त्यस्तै फोनमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान छ जसमा नयाँ नइट पोट्रेट मोड र एआई क्षमता रहेकोले व्यावसायिक फोटोहरू समेत खिच्न सकिन्छ । रियालमी  जिटी श्रृंखलामा उपलब्ध जिटी मोड, विशिष्ट प्रदर्शन चाहने प्रयोगकर्ताहरूको लागि सिर्जना गरिएको हो । यसमा उच्च प्रदर्शन गर्ने फुल सिन कभरेज मोड र हाई–फ्रेम–रेट गेमिंगको थप अप्टिमाइजेसन समावेश छ, जसले प्रयोगकर्ताहरूलाई एक सहज अनुभव प्रदान गर्ने र गेमिंगमा बढी  टिकाऊ र स्थिर उच्च फ्रेम रेट को अनुभव दिने कम्पनीले जनाएको छ ।

यसमा वजन १८६ ग्राम भन्दा कम र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पुर्ण चार्ज गर्न सहयोग गर्ने कम्पनीले बताएको छ ।

रियलमी जिटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायत केही बजारमा उपलब्ध गराइएकोमा चाँडै सस्ताे मूल्यमा नै विश्वभरका बजारमा पु¥याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरु सम्म पु¥याउने बताएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved