ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 04:02:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो संम्लग्नता जनाएको छ ।यसमार्फत नवप्रवर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले ओपन सोर्स एआई र डाटा कम्युनिटिजको प्रवद्र्धनका लागि योगदान पु¥याउने ओप्पोले जनाएको छ ।

आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, ईन्टरनेट अफ एक्स्पेरियन्सको युगमा डेभलपर्स र पार्टनर्स दुवैका लागि फाइदाजनक ओपन ईकोसिष्टमको निर्माण गर्नु उद्देश्य भएको ओपोले बताएको हो ।

यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेशन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुने भन्दै लामो समयदेखि एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइ रहेको ओपोले जनाएको छ । 

कन्भरसेशनल एआई, मेसिन लर्निंग, पर्सनलाइज्ड रिकम्मेन्डेशन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एण्ड प्राइभेसी लगायत प्रविधिको अन्वेषण तथा विकास मार्फत ओपोको एआई र डाटा ईञ्जिनियरिंङ प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्ने बताएको छ ।

एलएफ एआई र डाटा फाउन्डेशनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्राविधिक लियाम चेंग र डा.जिया जिमिनले गभर्निंग बोर्डका प्रतिनिधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनिधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसंग नजिक रही काम गर्दै उत्पादनका लागि  ओपन सोर्स टुल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने बताए । 

‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निंग बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रा सबै फाउण्डेशन लेभल कमिटीहरुमा ओपोको भोटिंग सिट हुनेछ’, एलएफ एआई एण्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. ईब्राहिम हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छाै । साथै, ओपन सोर्स एआई र डाटा प्रविधि एकिकृत गर्दै दुवैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दिर्घकालिन ईकोसिष्टमको निर्माणको पक्षधर हौँ । हाम्रो यस पहललाई ओपोले राम्रो संग बुझेको छ स्वस्थ ईकोसिष्टम निर्माण तथा विकासका लागि अग्रसर छ । हामीद्वारा आयोजित प्राविधिक परियोजनाहरुका लागि समर्थन गर्दै समुदायमा नवप्रवर्तनलाई बढावा दिन रणनीतिक रुपमा सर्वोच्च सदस्यता श्रेणीमा सहकार्यका लािग स्वागत गर्न पाउँदा हामी निकै उत्साहित समेत छौँ ।’

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्यका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरु बिच सहकार्यको सम्भावनालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्युनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स ईन्नोभेशनलाई बढावा दिनु रहेको बताईएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved