रियलमीको दुई स्मार्ट अडियो उपकरण नेपाली बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 05:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो ’  गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डाएमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको कम्पनीले जनाएको छ । 

२५ डिबीसम्म हो–हल्ला रद्द गर्ने क्षमता अनावश्यक हो–हल्लाको समस्या समाधान 

कम्पनीका अनुसार सामान्यतया महँगा उपकरणमा मात्र उपलब्ध हुने गरेको नोइज क्यान्सलेसेन (अनावश्यक बाहिरी हो–हल्ला रद्द) प्रविधि रियलमीले औषत वर्गका प्रयोगकर्ताको लागि पनि किफायती रहेको रियलमी बड्स एअर २ मा यो प्रविधी ल्याएको छ ।

रियलमी बड्स एयर २ र एयर २ नियोले २५ डिबीसम्म नोइज क्यान्सलेसन गर्न सक्दछ र प्रायः कम प्रवृत्तिको ध्वनि फिल्टर गरी मूल आवाजभन्दा बाहिरको यातायात, हवाइजहाज लगायतका अन्य वस्तुको आवाज हटाएर ध्वनिमा हुने समस्या समाधान गर्दछ । 

ट्रेन्ड सेटिङ्ग डिजाइन 

आधुनिक युवाका लागि एयर बड्स एक फेसन उपकरण पनि हो । संगीत सुन्न, फोन गर्न वा चलचित्र हेर्न अन्य उपकरण भन्दा थप आकर्षणका रुपमा यसको विकास हुँदै गएको छ । यसका प्रयोगकर्ता बढ्दो दरमा रहेकोमा एयर बड्सले उपभोक्ताको व्यक्तित्व र मनोवृत्तिको प्रतिनिधि गर्दै व्यक्तित्व आकर्षक बनाउन सहयोग पुर्याउँछ । 

नयाँ संस्करणका यी दुबै उपकरणमा रड आकारबाट परिवर्तन गरी सिमी आकारमा लगेको छ । 

हरेक पक्षमा सुधार

रियलमी बड एयर २ नियो चौतर्फी अपडेट गरिएको छ । यो सामान्यतया २८ घण्टासम्म र एएनसीका साथ २० घण्टासम्म निरन्तर प्रयोग गर्न योग्य छ । जुन अघिल्लो संस्करणको तुलनामा ६५ प्रतिशतले बढी हो । रियलमी बड् २ ले २५ घण्टासम्म आफ्नो क्षमता विकास गरेको छ ।

यस्तै एएनसी अन÷अफ, इन्टर÷एक्जिट, गेमिङ मोड, ईक्यु सेटिङ नियन्त्रण थप इन्टिलिजेन्ट टच कन्ट्रोल, स्मार्टवेयर डिटेक्सन, गुगल फास्ट पेयर र अन्य फिचरहरु पनि उपलब्ध रहेका छन् ।

आगामी दिनमा रियलमीले एआईओटी उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएकोमा स्मार्ट र स्टाइलिस डिजाइनका उपकरणको उत्पादन गर्नमा जोड दिने र यसका लागि आवश्यक लगानी गर्ने बताएको छ ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved