कोरोनाले दुखाएको व्यवसायमा युरोकपको राहत, वाइफाइबाट अपडेट हुने सिजीको टिसीएल ब्राण्ड एसीमा आकर्षण

उमेश न्यौपाने/बिजपाटी

उमेश न्यौपाने/बिजपाटी

Jun 25, 2021 | 05:26:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको महामारीले सबैजसो व्यवसायमा प्रभाव परेको बेला चौधरी ग्रुप (सीजी) मा पनि यसको असर देखिएको छ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण आर्थिक क्रियाकलाप बन्द जस्तै रहंदा अन्य कम्पनीहरुमा झैँ सिजीका सामानको पनि मागमा गिरावट आएको छ।

एकातर्फ मागमा कमी आउँदा व्यवसायमा असर परेको छ भने अर्कोतर्फ केहि आएका मागहरु समेत पूर्ति गर्नलाई कठिन भएको  कम्पनीले जनाएको छ।

कोरोनाले थलो परेको व्यवसायमा युरोपका बिभिन्न देशमा जारि युरोकप २०२० ले भने केहि राहत दिएको छ। युरोकपकै कारण सिजीका केहि ठुला साइजका टेलिभिजनको माग बढ्दा यसले व्यवसायलाई थोरै भएपनि राहत मिलेको सीजी ग्रुपका इलेक्ट्राेनिक तर्फ टिसीएल ब्राण्डका जनरल  म्यानेजर शैलेन्द्र झाले बिजपाटीलाई  बताए।

युरोकपका कारण ठुलो साइजका टेलिभिजनको माग बढेपनि कोरोनाको दोस्रो भेरियन्टका कारण सरकारले गरेको निषेधाज्ञाका कारण ग्राहकहरुलाई उनीहरुको घर घरमा सामान पुर्याउन कठिनाई भएको झाको भनाई छ।

‘टेलिभिजनको मागसँगै गर्मी सिजनलाई मध्यनजर गर्दै ल्याइएको वाइफाइबाट अपडेट हुने एसी मा पनि ग्राहकको आकर्षण बढेको छ, एसी मा यो नयाँ उत्पादन र समयअनुकुल भएकोले पनि राम्रो बजार लिएको छ' सीजी ग्रुप टिसीएल ब्राण्डका जनरल म्यानेजर शैलेन्द्र झाले भने, 'वासिङ मेसिनमा ८ केजी, ९ केजी र १० केजीको नयाँ भेरियन्ट ल्याएका छौं, एसी मा जस्तै यी भेरिएन्टका वासिङ मेसिनलाई पनि ग्राहकले रुचाउने बिश्वास छ।' 

झाका अनुसार अहिले गर्मी मौसम भएकोले फ्रिज बढी प्रयोगमा आउने भएतापनि कोरोनाको महामारीले सृजना गरेको अहिलेको माहोलले मागमा धेरै कमी आएको छ।  

गर्मीका सामानहरुको त अहिले सिजन नै भएपनि अहिले सामग्रीको माग नै पहिलाको भन्दा कम भएको अवस्था छ । कोरोनाले गर्दा मानिसहरु घरबाटै निस्किन डराइरहेका छन् जसले गर्दा उनिहरुको आम्दानीमा पनि ह्रास आएकोमा दोस्रो भेरिएन्टको निषेधाज्ञा २ महिना चल्दा व्यवसायमा  ठुलो असर परेको छ। पछिल्लो समयमा चाँही बजार सामान्यतया खुल्ने क्रममा रहेकाले खुलेपछि केही व्यवसायले गति लिने अपेक्षा गरिएको छ।  

सीजी ग्रुप डिलर वेशमा र अनलाइन बुकिङ् मार्फत पनि काम गर्दै आएकोले ग्राहकका मागलाई सम्बोधन गरिरहने क्रममा यातायातका कारण भने कतै न कतै समस्या आएको उनले जानकारी दिए । 

‘पहिलाको खुल्ला समयको जस्तो माहोल त छैन तर पनि ग्राहकले नजिकका डिलरमा तथा अनलाइनबाट गरेका अडरलाई पुरा गर्ने प्रयास गरिरहेका छौँ । यातायात क्षेत्रमा जोरविजोर प्रणाली हुँदा त्यसमा अलिक गाह्रो चाँही भएको छ’ झा को भनाइ छ। 

कोरोनाको पहिलो लहरमा मान्छेहरु त्यति नडराएको र प्रभाव पनि कम परेको बताउँदै उनले भने, ‘पहिलो लहरमा लकडाउन खुल्ने बित्तिकै बजारको सेल्स बढेको थियो तर अहिलेको लहरमा मानिसहरु बाहिर निस्केर सामग्रीहरु खरिद गरिहालौँ भन्ने ईच्छा नदेखाएको पाइन्छ । पूरै खुलेको पनि छैन तर आंशिक रुपमा खुल्दा पनि पहिलाको जस्तो वातावरण भने बनेको छैन अब बजार खुल्दै जाँदा पहिलाकै अवस्थामा आउँछ भन्ने आशा छ ।’

कम्पनीले खाद्य तथा पेय, विद्युत तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूललगायतका क्षेत्रमा लगानी गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved