किराना पसलहरुलाई सपोर्ट गर्दै कोकाकोला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 06:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कोका–कोलाले महामारीबाट पुन सुचारु हुने क्रममा रहेका किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको जनाएको छ । कम्पनीका अनुसार किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएप मार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छ जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँनेछ ।

यसको साथै खुद्रा विक्रेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्ने कम्पनीले जनाएको छ । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँनेछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाइने बताईएको छ  ।  यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जनाएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने “ गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरु सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ । ” 

कम्पनीका अनुसार  आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने छ ।

यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्ने र कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने कम्पनीले जनाएको छ ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने “कोका–कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved