ग्रेट वाल मोटरका ३ वटा ब्राण्ड नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 04:06:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोटर आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको हो । 

कम्पनीले नेपालमा तीन गाडीहरुबाट सुरु गरेको जनाएको छ, जसमा SUV वर्गमा 3rd Gen HAVAL H6  र HAVAL Jolion छ भने, Pickup वर्गमा POER रहेको छ । दुवै मोडलहरुको लुक्स, इन्टेरियर स्पेस, समग्र पफर्मेन्स , इन्टेलिजेन्स र सेफ्टीलाइ ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ । 

नेपालको लागि ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता र विक्रेता रहेको भि. जी इम्पेक्स प्रा.ली सँग कार ब्रान्ड सम्बन्धी अनुभव रहेको छ । दुई पक्ष बिचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउने कुरामा यस कम्पनी विश्वस्त रहेको बताएको छ । ग्रेट वाल मोटरले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउने र बजारको मागलाई गाइड गर्ने जनाएको छ । 

ग्रेट वाल मोटरको सोरुम थापाथली, काठमाडौंमा रहेको छ । ग्राहकहरुलाई देशभर एक प्रीमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपाल भरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ । अहिलेको परिस्थिति सहज भएपछि कम्पनीले आफ्नो ब्रान्ड र उत्पादनलाई नयाँ ढंगले बजार विस्तार गर्ने र चाँडै नै अत्याधुनिक सेवा केन्द्र सुचारु गर्ने बताएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved