रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 01:32:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो ।

१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रति दिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ । त्यसै गरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर प्रति दिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ।

आपसी सहमतीमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैंयामा उपलब्ध गराउने छ ।

रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ । बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर ,अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved