डाबरले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 11:22:13 AM मा प्रकाशित

laxmi  sunrise bank

डाबर नेपालले नयाँ फोर्टिफाइड जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ । डाबरले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु¥याउनको लागि यो जुस बजारमा ल्याएको जनाएको हो । यो नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन भएको डाबरले जनाएको छ । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको डाबरले बताएको छ ।

डाबर नेपालका प्रमुख एच.एस.बेदीले ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत बनाउँदै नेपालको नं.१ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । 

‘रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ ।’ उनले भने, ‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।’

“अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन्” भनेर डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले भने “प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए ।”

यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य रु. ३० र १ लिटर प्याकको मूल्य रु. २५० कायम गरिएको डाबर नेपालले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved