शिवम् सिमेन्टकाे ५३ र ४३ ग्रेडकाे उत्पादन सुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 04:06:00 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । ओ.पि.सी. सिमेन्ट उत्पादन गर्दै आएको शिवमले ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको हो ।  

शिवम् सिमेन्ट निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एन.एस. क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको थियो । शिवमले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरी एन.एस.–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती सँगै आफ्नो निरन्तरको गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको जनाएको छ । 

यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस–४९ प्रामाणिकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए । नेपालमा एन.एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । 

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एन.एस.–५७२ प्रमाणिकरण गर्नु  अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एन.एस.–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved