स्मार्टडोकोले छुट तथा उपहार सहितको ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 06:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपले स्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ । 

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन्, यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने स्मार्टडोकोले बताएको छ ।

कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको ९रु ५०० सम्म० अफर समेत ल्याएको छ । स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छु्ट अफर ल्याएको बताएको छ ।

स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ । ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्ने स्मार्टडोकोले जनाएको छ । 

स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्ने स्मार्टडोकोले बताएको छ । 

यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुने स्मार्टडोकोले बताएको छ ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved