डाबर नेपालले नेपालकै पहिलो ‘फोर्टिफाइड जुस’ बजारमा ल्याएको छ । डाबरले अहिलेको समयमा मानिसहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक रहेको भन्दै रियल इम्युनो म्यांगो प्लस जुस बजारमा ल्याएको हो ।
कम्पनीले यो जुसलाई नेपालकै पहिलो फोर्टिफाइड जुस भएको दाबी गरेको छ । फोर्टिफाइड जुस विश्वभर नै पाईने भएपनि नेपालमा भने पहिलो भएको कम्पनीको दाबी छ । रोगप्रतिरोधात्मक क्षमताको आवश्यकताबारे अनुसन्धान गरेर रियल इम्युनो म्यांगो प्लस उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।
डाबर नेपालका प्रमुख एचएस वेदीका अनुसार रियल इम्युनो म्यांगो प्लस स्वास्थ्यवद्र्धक, मीठो र पावर अफ फाइब रहेको आँपको जुस हो ।
रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्वगन्धा, भिटामिन सी र जिंकले रोगप्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको भनाइ छ । यस फोर्टिफाइड म्यांगो जुसको मूल्य १८० एमएलको ३० रुपैयाँ र १ लिटर प्याकको २५० रुपैयाँ रहेको छ ।