ग्यापुले ल्यायो 'लकडाउन ह्याङ्गओभर सेल', सामानमा ४० प्रतिशत सम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 11:36:39 AM मा प्रकाशित

laxmi sunrise bank
नेपाली इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै 'लकडाउन ह्याङ्गओभर सेल' को घोषणा गरेको छ । जुलाइ ७ देखि १३ (असार २३-२९) सम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा चालीस प्रतिसत सम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खडकाले जानकारी दिए ।

योजना अनुसार लोकप्रिय ब्रान्डका टि भि, बासिङ मेसिन, पङ्खा, कुलर, एसि, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधीमा सपिङ गर्ने मध्ये भाग्यशाली ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने खड्काले बताए । डिजिटल वालेट प्रभु पे, इ सेवा, फोन पे साथै मेघा बैंक, एन एम बि बैंकको कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहार रहेको बताइएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन्। 

घर घरमा निशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एकजनालाई नयाँ कार  उपहार दिने घोषणा गरिसकेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved