![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
रियलमी मोबाइलको २ वटा मोडलको मूल्य घटेको छ । रियलमीले शनिवारदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो ।
मूल्य घटेपछि अब रियलमी ७ को मूल्य रू. ३२,९९० मात्र निर्धारण गरिएको छ जसमा ८ जीबी आरएएम र १२८ जीबी स्टोरेज छ । यसैगरी रियलमी सी १२ अब केबल रू. १४,९९० मात्र मा पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा उपलब्ध छ ।
रियलमी सी १२ मेगा ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ । कम्पनीका अनुसार टिकाउ ब्याट्रीले मोबाइल फोनप्रति युवालाई आकर्षित गर्छ र प्रयोगलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । रियलमी सी १२ यही आधारमा निर्माण भएकाले एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रियलमी सी १२ मिनी ड्रप डिजाईन समाहित अल्ट्रा लार्ज ६.५ इन्च एलसीडी स्क्रिनमा छ जसले गर्दा फोटो तथा भिडियोको बेग्लै अनुभूति प्रदान गर्दछ । यसको स्क्रिनदेखि वडिको अनुपात ८८.७ प्रतिशत छ ।
रियलमी ७ मा शार्प क्याप्चर र तीव्र चार्जिङ फिचर रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रियलमी ७ उत्कृष्ट सोनी ६४ एमपी वाईद् एंगलको क्वाड क्यामेरा सहित उपलब्ध छ ।