शओमी मोबाइल पहिलो पटकको ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा पुगेको छ । क्यानालिस, लिडिंग ग्लोबल मार्केट रिसर्च फार्मले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्टमा शओमीले १७ प्रतिशत शेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको हो ।
क्यानालिसका अनुसार शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहकोे छ । शओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो विक्रेता बन्न बाट पछि पार्नु रहेको उल्लेख गरिएको छ।
शाओमीका संस्थापक, अध्यक्ष र मुख्य कार्यकारी अधिकृत लेई जुनले विश्वको नं .२ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन भएको बताए। अत्यन्त कठिन परिस्थितिहरूमा पाँच वर्षको सेल्फ इम्प्रुभमेन्ट पछि, शाओमीको उत्पादन क्षमताहरूमा उल्लेखनीय सुधार देखिएको छ उनले बताए ।
२०२० को चौथो त्रैमासिकमा शाओमीको ग्लोबल शिपमेन्ट ३१.५ प्रतिशतको यर अन यर वृद्धिका साथ पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४३.४ मिलियन युनिट पुगेको थियो । २०२१ को प्रथम त्रेमासिकमा १५ प्रतिशतको ग्लोबल स्मार्टफोनको मार्केट शेयरको साथ एप्पल दोस्रो स्थानमा उक्लियो जसलाई शाओमीले आफ्नो मार्केट शेयरको १४ प्रतिशतका साथ पछ्याएको थियो । शाओमीको ग्लोबल स्मार्टफोन सिपमेन्ट ६९.१ प्रतिशत यर अन यर वृद्धिका साथ ४९.४ मिलियन युनिटको थियो ।
शाओमीले आफ्नो पहिलो प्रीमियम फ्लगशिप मी १० सिरिजको सुरू गरेदेखि यो इमेजिंग, डिस्प्ले, चार्जिंग, स्मार्ट म्यानुफ्याक्चरिंग र अधिक जस्ता महत्वपूर्ण क्षेत्रमा लगातार इनोभेटिंग हुँदै आएको जनाएको छ ।