ओपोद्वारा ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको घोषणा, विश्वभरका यूवाहरुको सृजनात्मक सपना उजागर गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 07:27:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट उपकरण ब्राण्ड ओपोले आधिकारिकरुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधि मार्फत भविस्यको सटिक कल्पना गर्न सघाउने प्ल्याटर्फमका रुपमा सघाउनेपनि ओपो रेनोभेटर्स २०२१को उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयिमान कलाकारहरुका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुसंग प्रेरितहुँदै तिनका मार्गदर्शन प्राप्त गर्दै अमूल्य करियर अवसरहरु प्राप्त गर्न सघाउने सक्रिय समुदायको निर्माण गर्ने उल्लेख गरेको छ । 

कम्पनीका अनुसार ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरुलाई प्रविधि मार्फत आफ्ना श्रृजना तथा सोच प्रस्फूटनका लागि प्रेरित गर्छ । कार्यक्रमको ब्राण्ड ईनिशियटर (आरम्भकार)का रुपमा ओपोका उपाध्यक्ष तथा अध्यक्ष, ग्लोबल मार्केटिंग विलियम ल्यूले भने, ‘ओपोले सँधै नै श्रृजनात्मक यूवा पुस्ताका शक्ति माथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामू ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका यूवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved