स्काईवर्थको नयाँ वासिङ मेसिन बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 02:57:43 PM मा प्रकाशित

laxmi  sunrise bank

स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथआफ्नोे नयाँ वासिङ मेसिन “सेभेन स्टार प्रो वाश टेक्नोलोजी” को लन्च गरेकोे छ । स्मार्ट अपलायन्सेस् प्रालि के एल दुगड गु्रप अन्तर्गतको कम्पनी तथा इन्टेलिजेन्सको युगमा हेल्दी वाइट घरेलु सामानहरूको ब्रान्ड स्काईवर्थले  नयाँ वासिङ मेसिन सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस वासिङ मेसिनले एक प्रीमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागिवास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्दछ । यो उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटर रहेको तथा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भास्कर मुननकर्मीले भने , “यी सुसज्जित सुविधाहरूले हाम्रा बहुमूल्य ग्राहकहरूलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्दछन् । ७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रम भित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउँदछ । यसले विभिन्न गति प्रयोग गर्दछ । गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्छ र यसले सबै फोहोर हटाउँन सहयोग पुर्याउँछ । यी ७ गतिहरूमा फल, स्क्रबिंग, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विंग, स्क्रूइंग, लाइट निडिंग र फ्लफ सामेल छन् । ”

कम्पनीका अनुसार इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सीधै ड्रममा जोडिएको हुन्छ जसले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गराउँछ । पारम्परिक कन्भेक्शनल बेल्ट पुली प्रणालीले भने अधिक आवाज, अधिक भाइब्रेसन र उच्च उर्जा खपत गर्ने गरेको कम्पनीले जनाएको छ ।

स्काईवर्थ ७ मोशन डीडी वाशिंग मेशिनहरू अब तिन नयाँ मोडलहरु, ८ केजी र  ९ केजी क्षमतामा डार्क सिल्वर कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved