अनलाइन बजार दराजले सामसंग नेपालसंग साजेदारी गरि नयाँ ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ्ग सुरु भएको घोषणा गरेको छ। ग्यालेक्सी एफ २२ को लन्च संगै सामसंगको एफ सिरिज नेपालमा पहिलो पटक भित्रिदै छ।
दराज एप मार्फत श्रावन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ्ग गर्न सकिने दराजले जनाएको हो।
कम्पनीका अनुसार सामसंग ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसोरले सुसज्जित छ र यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर (two cortex A76 cores and six Cortex A55 cores) रहेको छ । यो फोन मा ६.४" यच डि + इन्फिनिटी-यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ।
यो एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरुलाई सरल डिजाइन दिनकासाथ फोनलाई आफु अनुकुल बनाउन सकिने कम्पनीले जनाएको छ। सुरक्षाको लागि फोनको छेउ पट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडीको क्यामेर मा फेस अनलकको फिचर रहेको छ ।
मोबाइलमा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ यम पी वाइड क्यामेरा, ८ यम पी अल्ट्रा वाइड क्यामेरा, २ यम पी म्याक्रो क्यामेरा, २ यम पी देप्थ साथै LED फ्ल्याश, प्यानारोमा र यच डि आर जस्ता अन्य फिचर्सहरु रहेको छ। फ्रन्ट क्यामेरा ८ यम पीको रहेको छ ।
दराजका अनुसार यो मोबाइल ९ श्रावन (२७ जुलाई) देखि शिपिंगका लागि उपलब्ध हुनेछ। नेपालका ४७ भन्दा बढी शहरहरूमा समान डेलिभर गर्ने दराजले उल्लेख गरेको छ।
दराज मार्फत ०% ब्याज ईयमआइ (EMI) मा पनि मोबैअल खरीद गर्न सकिने छ। ग्यालेक्सी दुई एफ २२ भेरियेण्टमा उपलब्ध छ - ४ जीबी राम / ६४ जीबी स्टोरेज, र ६ जीबी राम / १२ जीबी स्टोरेज । ४ जीबी को मूल्य रहेको छ रु २०,४९९ भने ६ जीबी को मूल्य छ रु २३,९९। ग्यालक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ।