स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ। यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो ।
३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रुपमा यसले आफ्नो उपस्थिति जनाएको कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य रु ९,९९९ ।– निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार रियलमी वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिन सहित रगिंन ३६० ह ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथ उपलब्ध छ जुन भरपर्दो हुनुका साथै जीवन्त दृश्य प्रदायक छ । यसको प्रतिक्रियाशिल टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्ने खुबी यसमा छ । यसको आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७% सम्म उच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामा थप मनमोहक तुल्याएको छ ।
कम्पनीले भनेको छ 'रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ, यसको मतलव के हो भने एकदमै उज्यालो हुने मध्यान्हको समयमा पनि स्पष्ट रुपमा घडी हेर्न सकिन्छ । १००+ स्तैलिश वाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसंगको सहकार्यमा रियलमी वाच एस को ट्रेंडि डायलहरु डिजाईन गरिएको छ ।' रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ 'स्वास्थ्य सहायकको रुपमा रियलमी वाच ‘एस’ स्मार्टघडी उच्च सटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ जसले २४÷७ तपाईँको हृदयको गति मापन गरिरहेको हुन्छ । यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । तपाईँको हृदयको गतिदर उच्च वा न्यून भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमा जानकारी लगायत दिने काम गर्छ । '
रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रुपमा फोन अनलक गर्न सकिने कम्पनीले जनाएको छ ।