ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 09:53:32 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले सिक्सजी ह्वाइट पेपर सार्वजनिक गरेको छ । ओपो रिचर्स ईन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर — ‘सिक्सजी एआई—क्यूब ईन्टेलिजेन्ट नेटवर्किंग’ सार्वजनिक गरेको हो ।

आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा कसरी तेवा पु¥याउन सक्छ भन्ने दुरसञ्चार उद्योगकै पहिला पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरल अर्को पुस्ताको दुरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । 

सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु  माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि—रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ ।

कम्पनीका अनुसार 'सिक्सजीले एआईसंग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओपोको विश्वास छ । सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरु मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ ।'

कम्पनीले भनेको छ ' उदाहरणका लागि स्वचालित सवारीहरुमा सिक्सजी सञ्जालहरुले सवारीको अवस्थिती र वातावरण (समय र मोसम)का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्यूनिकेशन कनेक्सनको छनोट गर्न सक्नेछन् । अन्य सवारी साधन तथा उपकरणका अनुभवको अधारमा सवारीले तत्सम् एआई अल्गोरिदम डाउनलोड गरी उपयोगमा ल्याउन सक्नेछन् । यसले सवारीले यात्रुलाई सर्वाधिक सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कार्यमा सघाव मिल्ने छ ।' 

प्रस्तावित नेटवर्क अन्तर्गत सिक्सजी उपकरणलाई एआई डोमेन मातहत उपकरणको अवस्थिती र मागका आधारमा विनियोजित गरिने कम्पनीले जनाएको छ । यस पश्चात  उपयुक्त सञ्चार कनेक्शन मार्फत सम्बन्धित कार्य सम्पादनका लागि ती एआई डोमेनले सबैभन्दा उपयुक्त एआई अल्गोरिदम र आवश्यक प्रक्रियाको चयन र छनोट गर्छ । फोरजी र फाइभजी भन्दा फरक तवरले उपकरणको महत्वपूर्ण भूमिकाका साथै सिक्सजीमा निर्णय लिने सञ्जाल अग्र्यानिक तवरमै उपकरण तथा सञ्जालमै एकिकृत गरिएको हुन्छ ।


भविष्यमा विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पु¥याउने सोचका साथ ओपोले सिक्सजी प्रविधि अन्तर्गत पूर्व अनुसन्धान कार्य जारी राख्ने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved