सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीका कारण क्षति ब्यहोरेका आफ्ना डिलरलाई डिशहोमले राहत वितरण गरेको छ । बाढी पीडित आधिकारीक सव–डिलरहरुलाई राहत प्रदान गरिएको डिशहोमले जनाएको छ ।
डिशहोमको सुरुवाती समयदेखि डिलरको रुपमा जोडिएका व्यवसायीको पसल बाढीले बगाउँदा डिशहोमका उपकरण (एण्टेना, सेटटप बक्स) मा समेत क्षति पुगेपछि ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत प्रदान गरिएको हो ।
डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन् ।
बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो ।