बिपी राजमार्गमा गुड्ने सवारीको लागि मुलकोटमा दिगोको चार्जिङ स्टेसन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2021 | 02:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

दिगो ग्रुप अफ कम्पनीजले  सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ ।

अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।  

 दिगो ग्रुप अन्तर्गतको एन.ई.भि. नेपालका सि.इ.ओ. दिपक थापा, नेपाल विद्युत प्राधिकरण शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवम व्यवसायी तथा होटेल सन्चालक राम हरि पौडेलले संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्  ।

अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्रि गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन् । डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो । 

कम्पनीका अनुसार मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ । यात्रुहरुले होटलमा खाना÷खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिनेछ । फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ । 

दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ । निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ । दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल हो, जसले विद्युतीय सवारी साधनलाई मुलुकका विभिन्न भागको यात्रा गर्न सक्ने बनाउँछ भने यात्रुले वातावरण मैत्री विद्युतीय सवारी साधनको रेन्जबारे चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved