टिसिएल को चाडपर्व लक्षित ’क्यासब्याक र बम्पर उपहार’ योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 07:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएल ले नजिकिएको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएल मा क्यासब्याक र बम्पर उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । रु ५८,७०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

यस योजना अन्तर्गत टिसिएल का विभिन्न सामानहरु जसमा एलइडि टि.भीको खरिदमा रु ५८,७०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा रु २०,१०० रुपैयाँ सम्मको, एसिको खरिदमा रु ५१,५०० रुपैयाँ सम्मको साथै रु ४,००० रुपैयाँ बराबरको निशुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा रु ४,२०० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ । 

साथै टिसिएल ले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्ने जनाएको छ। 

टिसिएल का सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहार मा सहभागी गराउन टिसिएलएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस्.एम.एस् गर्नुपर्नेछ ।  यो योजना भाद्र २७, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको टिसिएलले जनाएको छ।

टिसिएल ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्र्गत सिजी इओएल रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved