सर्भिसमाण्डू, इक्यान र रिटेल सेवाबीच भयो यस्तो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 04:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्भिसमाण्डू, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच विभिन्न सामग्री तथा सेवा उपलब्ध गर्ने सहमतिमा सम्झौता भएको छ । सर्भिसमाण्डू र रिटेल सेवाका तर्फबाट सुरज केसी र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का तर्फबाट अध्यक्ष प्रकाश पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सुरज केसीले सर्भिसमाण्डु र रिटेल सेवाले हाल उपलब्ध गराउँदै आएको सामग्री तथा सेवा सुलभ दरमा इक्यानलाई पनि उपलब्ध गराउने बताए । 

सर्भिसमाण्डुले लुगा धुने, ब्यूटीशियन, प्लम्बर, इलेक्ट्रीशियन, सफाई लगायतका सेवा उपलब्ध गराउँदै आएको छ । यसैको प्रोडक्ट रिटेल सेवाले खाधान्न सामाग्री,

किताब तथा सबै खाले स्टेशनरी, इलेक्ट्रोनिक्स सामग्री, कपडा आदि अनलाइनबाटै उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा  प्रमुख अतिथिका रुपमा पत्रकार ऋषि धमला उपस्थित थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved