रियलमिको ४ नयाँ उत्पादनहरु नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 08:37:22 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमिले आफ्नो नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ । कम्पनीले रियलमि सी ११, रियलमि सी २०, रियलमि सी २१ र रियलमि ८  सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार रियलमि सी २० र सी २१  अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र ६।५ इन्च डिस्प्ले रहेको छ । रियलमि सी २१ मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज ट्रिपल क्यामेरा रहेको छ ।   यी सी सिरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको पर्फर्मेन्स को अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । 

रियलमिका उत्पादनहरु नेपालभरि १००० भन्दा धेरै स्टोरका साथै दराजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  यी ४ उत्पादनहरु बाहेक रियलमिले दशैं अघि रियलमिले सी २१ Y र केही सरप्राइज हरु लिएर आउने जनाएको छ । 

कम्पनीका अनुसार चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमि को प्रयोगकर्ता छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved