साहारा एपको दशैँ अफर: बाईक, मोबाइल र वालेटमा ५ हजार जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 03:51:31 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । अफर अन्तगर्त  राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको र  ग्राहकले साहाराको वालेटमा ५००० जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्ने कम्पनीले जनाएको छ । नेपालमा सन् २०१९ देखी राइड शेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने सिइओ विशाल जीसीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved