नेपाली रेडिमेड ब्राण्ड ‘भ्याक्सिनो’ बजारमा, प्रमोद खरेल बने ब्राण्ड एम्बासडर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 01:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

रेडिमेड कपडाको ब्राण्ड ‘भ्याक्सिनो’ बजारमा आएको छ । अल्फा इम्पोरियलले रेडिमेड ब्राण्ड भ्याक्सिनो औपचारिक रुपमा बजारमा ल्याएको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गरी ब्राण्ड एम्बासडर पनि सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल भ्याक्सिनो ब्राण्डको ब्राण्ड एम्बासडर बनेका छन् । 

जिन्स र कटनका विभिन्न उत्पादन भ्याक्सिनो ब्राण्डमार्फत उपलब्ध रहेको अल्फा इम्पोरियलका सञ्चालक प्रकाश प्रधानले जानकारी दिए । उनका अनुसार अहिले भारत र चीनबाट उत्पादन गरेर ल्याएर बिक्रि सुरु गरिएको हो । निकट भविष्यमा नै ६० देखि ७० प्रतिशत उत्पादन नेपालबाटै गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।

हाल ३ जनालाई प्रत्यक्ष रोजगारी दिलाउने योजना पनि बनिरहेको प्रधानको भनाई छ । ६ महिनाभित्रै कुमारीपाटी, दरबारमार्ग र बौद्धमा गरी ३ वटा शोरुम सञ्चालनमा ल्याउने उनको भनाई छ ।

३ करोड रुपैयाँ लगानी गरिसकेका प्रधानका अनुसार ज्याकेट, सर्ट, टी–सर्ट, ब्लेजर विभिन्न रेडिमेड कपडा विदेशी ब्राण्डका कपडाको तुलनामा ५० प्रतिशत सस्तोमा आफूले उपलब्ध गराउने प्रधानको दाबी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved