कतारमा नेपाली ब्राण्ड गोल्डस्टारको सोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 09:03:36 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्रि सुरु हुने भएको छ ।हाल कतार निवासी प्युठानका मधुसुधन केसिले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन् ।

आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरि व्यावसायीको रुपमा स्थापित हुन सफल भएका छन् ।
स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउटलेट कतारमा पुर्याएको केसीले बताए । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ ।

सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई-कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

नेपालीहरूको बिचमा लोकप्रिय ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा काम गरिरहेको केसीले बताए । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उनले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved